अब विकासले तीव्रता पाउँछ: मुख्यमन्त्री पोखरेल
बेझाड (पाल्पा), वैशाख १ : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्र गति पाउने बताएका छन्।
....
बेझाड (पाल्पा), वैशाख १ : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्र गति पाउने बताएका छन्।
सेरोफेरोन्युज भित्तेपात्रो २०७६ को लोकार्पण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछिको तीन वर्षको समय सोचेअनुसारका काम गर्न नसकिएको बताए। उनले अब नयाँ वर्षको शुरुआतसँगै हरेक कामले गति लिने बताए।
उनले देशमा भूकम्प, नाकाबन्दी, तीन तहको निर्वाचन, सङ्घीयता कार्यान्वयन, कानून बनाउने जस्ता काममा अल्झिन परेको बताउँदै अब तीव्ररुपमा विकासले गति लिने बताए। संघीय लोकतान्त्रिक शासन व्यवस्था पाएको उल्लेख गर्दै उनले सबैलाई स्वीकार गर्ने वातावरण नयाँ वर्षले प्रदान गर्ने आशा व्यक्त गरे।
प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले ‘समृद्ध प्रदेश खुशी जनता’ सरकारको नारालाई सबैले साथ दिएर अगाडि बढ्न आग्रह गरे। उनले अब विकासले प्रदेशमा गति लिने बताए।











