ओडीआईको डेब्यू खेलमै कुशलले बनाए विश्व कीर्तिमान
काठमाडौं, माघ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य कुशल मल्लले ओडीआईको डेब्यू खेलमै विश्व क

काठमाडौं, माघ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य कुशल मल्लले ओडीआईको डेब्यू खेलमै विश्व कीर्तिमान बनाएका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन- २ मा अमेरिकाविरुद्ध ओडीआईमा डेब्यु गरेका कुशलले विश्व कीर्तिमान बनाएका हुन्।
सबैभन्दा कान्छो उमेरमा ओडीआईमा अर्धशतक बनाउने खेलाडी बन्दा मल्लले यसअघि नेपालकै रोहितकुमार पौडेलको नाममा रहेको कीर्तिमान भङ्ग गरे। मल्लले अमेरिकाविरुद्ध ५१ बलको सामना गर्दै तीन छक्का र चार चौका प्रहार गर्दै ५० रन जोडेका हुन्।
यसअघि कम उमेरमा ओडीआई क्रिकेटमा अर्धसतकको कीर्तिमान पौडेलको नाममा थियो। मल्लले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेलेर कीर्तिमान बनाएका हुन्।
अघिल्लो वर्ष रोहितले यूएईविरुद्ध श्रृंखलामा नेपालका अर्धसतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए। कीर्तिमान कायम गर्दा रोहित १६ वर्ष १ सय ४६ दिनका दिए।










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
