Kathmandu Press

कामदारकाे ‘फेक भिडियो’ बनाएर ठग्दै मेनपावर

काठमाडौं, माघ २३ : कपनका रामशरण पोखरेलले केही पैसा कमाउन बैदेशिक रोजगारीमा जाने सोच बनाए। सवारी चालक

कामदारकाे ‘फेक भिडियो’ बनाएर ठग्दै मेनपावर
काठमाडाैं प्रेस

काठमाडौं, माघ २३ : कपनका रामशरण पोखरेलले केही पैसा कमाउन बैदेशिक रोजगारीमा जाने सोच बनाए। सवारी चालक अनुमतिपत्र भएकाले उनको पहिलो रोजाई विदेशमा पनि ड्राइभिङतर्फ हुने नै भयाे।

रोजगारी खोज्दै जादा चक्रपथको नमस्ते नेपाल मेनपावरबाट दुवईका लागि ड्राइभरको ‘भ्याकेन्सि’ देखे। गुगल म्यापमा लोकेसन हेरेर उनी हतार–हतार महाराजगञ्जमा रहेको उक्त मेनपावर कम्पनीको कार्यालय पुगे। म्यानपावर पुगेपछि उनको पहिलो प्रश्न थियो, ‘पैसा कति लाग्छ? र, तवल कति हुन्छ?’

मेनपावरले लागत १० हजार र तलव नेपाली ५० हजारजति हुने बतायो। त्यसपछि उनी उक्त भ्याकेन्सीमा लोभिए। किनकी बैदेशिक रोजगारीमा गएर कम लागतमा कम्तिमा ५० हजार महिनामा कमाउने योजना उनले बुनिरहेका थिए।

Hardik ivf

कम लागतमा राम्रै तलव हुने आश्वासन पाएपछि रामशरणले झोलाबाट निकालेर तुरुन्तै पासपोर्टको फोटोकपि मेनपावरमा बुझाएर र उनको प्रक्रिया अघि बढ्यो।

एक हप्तामै उनलाई मेनवापरबाट फोन आयो, ‘तुरुन्त अफिस आउनुस्, तपाईको भिसा आयो।’ उनी अफिस पुगेपछि एउटा सानो कोठामा लगियो। जुन कोठामा क्यामेरा तयार भएर बसेको रहेछ।

उनलाई भनियो, ‘मैले १० हजार नेपाली रुपैया मात्रै तिरेर विदेश जान लागेको हो भनेर भिडियोमा भन्नु पर्छ।’ १० हजारमै विदेश जान पाएकोमा फुरुङ्ग भएका पोखरेललाई त्यो रेकर्ड गराउँदा झनै आफु सुरक्षित हुन्छु भन्ने लाग्यो। भिडियो रेकर्ड भयो, ‘१० हजार रुपैयाँको लागतमा म नमस्ते नेपाल मेनपावर कम्पनीबाट दुवइमा सवारी चालकको लागि जान इच्छुक छु। कम्पनीले मलाई त्योबाहेक अरु कुनै पनि शीर्षकमा पैसा लिएको छैन्।’

भिडियो सकियो, प्रक्रिया पनि अघि बढ्यो। टिकट पनि बन्यो। गत सोमबार दुबई पुग्नुपर्ने पोखरेलसँग उड्नु अघिल्लो दिन थप दुई लाख रुपैयाँ मागियो। त्यसपछि उनी झस्किए। उनले तत्काल दुई लाख जुटाउन सक्ने आर्थिक अवस्था थिएन।

‘भिडियो नबनाउने समयसम्म एउटा कुरा गर्र्यो‍ र भिडियो बनेपछि मेनपावरले थप पैसा माग्दै कुरा फेर्‍यो,’ गत मंगलबार बैदेशिक रोजगार विभागमा भेटिएका पोखरेलले भने, ‘फ्रि भिसा भनेर भिडियोनै फेक बनाएर म ठगिए।’

उनले मेनपावरलाई थप दुई लाख रुपैयाँ दिन सकेनन्। त्यसपछि उनको गत सोमबार दुबई उड्नु पर्ने प्रक्रिया मेनपावरले रोक्यो । अहिले उनी बैदेशिक रोजगार विभागमा आफु ठगिएको भन्दै उजुरी बोकेर हिडेका छन्।

संखुवासभाको मादी नगरपालिका–५ का २६ वर्षीय प्रवेश तामाङ पनि हाल मलेसियामा छन्। रोजगारीको शिलशिलामा चप्पल कारखानामा रहेको सिलिङ मेनपावर (अहिले बन्द भैसकेको) बाट तीन महिना अघि मलेसिया गए, एक लाख ७० हजार खर्च गरेर। तर, उनलाई पनि उड्नु अघि पोखरेलकै जस्तो १० हजार मात्रै लिएको फेक भिडियो बनाइएको रहेछ।

नेपाल सरकारले रोजगारीको शिलशिलामा मेलिसिया लगायत आठ वटा मुलुकमा जानको लागि फ्रि भिसा, फि टिकटको व्यवस्था गरेको छ। तर, यो फ्रि अहिले भिडियोमा मात्रै सिमित भएको छ।

मेनपावर कम्पनीहरुले बढि शुल्क नलिएको प्रमाण राख्न सुरुमै भिडियो रेकर्ड गर्ने र भिसा झरेपछि कामदारसँग थप रकम रकम असुल्ने गरेको बैदेशिक रोजगार विभागमा परेका उजुरीले प्रष्ट देखाएको छ।

प्रवेश तामाङलाई मलेसियामा मासिक ११ सय ४४ रुपैयाँ र ओभर टाइम काम गरेर १२ सय मलेसियन मुद्रा आम्दानी हुने भन्दै  कम्पनीले पठाएको थियो। राम्रो कमाई हुने आसमा एक लाख ७० हजार तिरेर प्रवेश मलेसिया गए। तर, मलेसिया पुगेको एक महिनासम्म पनि काम नपाएर विचल्लीमा परे।

एक महिनापछि मात्र रोजगारी पाएपछि थोरै तलवमा पनि काम गरे। दुई महिनासम्म काम गरेका थिए, तर कम्पनीको दुई महिनाको तलव पनि दिएन।
कम्पनीले तलव रोकिदिएपछि काममा जान छोडे। काममा नगएपछि कम्पनीले सात महिनासम्म घर फर्किन नदिने धम्की दिइरह्यो।

‘मेरो दाइ प्रवेशले पनि मेनपावरलाई एक लाख ७० हजार दिएका हुन्, तर मेनपावरले १० हजार मात्र नगद दिएको भिडियो बनाएको छ,’ प्रवेशका भाइ हिमालले काठमाडौं प्रेससँग भने, ‘नगद दिएको रसिद पनि छैन।’

उक्त मेनपावर केही महिना अगाडि खारेज भइसक्यो। एजेन्टलाई फोन गर्दा फोन नउठाउने गरेको गुनासो उनले सुनाए। उनी पनि अहिले विभागमा उजुरी बोकेर हिडेका छन्।

नेपाल सरकारले युएई, कुबेत, कतार, ओमन, वहराइन, साउदी अरबमा बैदेशिक रोजगारीमा जानको लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेको छ।

तर, विभागमा चर्को शुल्क तिरेर रोजगारीमा गएको उजुरीको चाङ बढ्दो छ। चालु आर्थिक वर्षको पुस महिनासम्म सात सय ४८ जनाले विभागमा उजुरी गरेका छन्। पुस महिनामा मात्र एक सय सात जनाले उजुरी गरेका छन्।

त्यस्तै गरि २०७४/७५ मा सात सय ६९ जनाले उजुरी गरेका थिए भने २०७५र७६ मा एक हजार दुई सय ६३ जनाले उजुरी गरेका छन्।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाई भन्छन्, ‘सबैभन्दा बढि उजुरी खाडी मुलुकबाट आउँछ। सामान्यता नेपालका मेनपारहरुले तोकेजति तलव, सेवा, सुविधा नभएको, तोकेको काम नपाइएको कुराहरुको बढि उजुरी आउँने गरेको छ।’

वैदेशिक रोजगार विभागले एक हप्ता अगाडि उजुरी हेर्ने  ५२ जनाको एउटा टिम तयार पारेको छ। उक्त टिमलाई उजुरी गर्नेहरुबारे अध्ययन गर्ने जिम्मा दिइएको छ। जिल्ला प्रहरी प्रशासनमा पनि उजुरी गर्न मिल्ने व्यवस्था गरिएको विभागका सूचना अधिकारी गुरागाइले जानकारी दिए।

तर, फेक भिडियो बनाएर पैसा असुल्नेहरुबारे भने विभागले पनि खासै चासो दिएको छैन। दश हजारको भिडियो बनाएर एक लाख २० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल्ने क्रम जारी रहेको छ।

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्