Kathmandu Press

नेकपाका महासचिव विष्णु पौडेलले किन पाए अख्तियारको ‘क्लिन चिट’?

काठमाडौं, माघ २२ : बालुवाटार जग्गा प्रकरणमा सुरुदेखि नाम जोडिएका सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी

 नेकपाका महासचिव विष्णु पौडेलले किन पाए अख्तियारको ‘क्लिन चिट’?
फाइल

काठमाडौं, माघ २२ : बालुवाटार जग्गा प्रकरणमा सुरुदेखि नाम जोडिएका सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पाैडेल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको १ सय ७५ जनाको सूचीमा परेनन्।  

बालुवाटार जग्गा प्रकरणमा सुरुदेखि मुछिएका पौडेललाई किन मुद्दा चलाइएन ? महासचिव पौडेलको छोरा नविन पौडेलको नाममा कित्ता नम्बर ३०९ र ३११ को जग्गा दर्ता छ। अख्तियारले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेका अधिकांशमाथि विष्णु पौडेलको छोराको नाममा आएको जस्तै सरकारी जग्गा आफ्नो नाममा नामसारी गरेको आरोप छ। तर एउटै आरोप भएपनि पौडेल दोषी ठहर भएनन्। 

Hardik ivf

अख्तियारले विषेश अदालतमा दायर गरेको आरोपपत्रमा विष्णु पौडेलका छोरा नविनलाई कारवाही गर्न नपर्ने प्रष्टिकरणमा भनिएको छ, ‘नाविन पौडेलको नाममा रहेको कित्ता नम्बर ३०९ र ३११ को जग्गा सरकारलाई फिर्ता दिन तयार भएकाले मुद्दा चलाउन नपर्ने।’

अख्तियारको अभियोग पत्रमा थप प्रष्ट पार्दै भनिएको छ, ‘नविन पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको नामा रहेको जग्गा सरकारलाई फिर्ता गर्न तयार भएकाले फिर्ता दिने भनेपछि मुद्दा नचलाउने निर्णय भएकाले सो भूमि यथाशीघ्र फिर्ता ल्याउन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई अख्तियारले पत्र पठाउने छ।’

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले काठमाडौं प्रेससँग भने,  ‘राज्य बायस भएर मुद्दा दर्ता गर्‍यो । आफ्नो नेता विष्णु पौडेल बचाउनका लागि सर्वोच्चका न्यायाधीश सम्मलाई जोगाउने काम गर्‍यो । यो बिल्कुलै गलत छ । सुरुमा जग्गा खरिदबिक्री गर्दा र मोही कायम गर्दा जजसको संलग्नता थियो कि तिनीहरूलाई मात्रै मुद्दा चलाउनु पर्थ्यो । अभियुक्त धेरै देखाउन खोज्दा राज्यले मान्छे बचाउने काम गर्‍यो ।

अख्यितारले विषेश अदालतमा दायर गरेको आरोप पत्रमा पौडेललाई उन्मुक्ति दिनेगरी ‘क्लिन चिट’ दिएको छ।  यस्तै क्लिन चिट न्यायाधीश रेग्मीले पनि पाएका छन्। यद्यपी, भ्रष्टचार निवारण ऐन २०५९ मा गल्ती स्वीकार गरे पनि दोषी करार गरेर कारवाही गर्ने प्रावधान छ।

प्रकाशित मिति: १९:५० बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्