Kathmandu Press

नेपाली सेनाको सवा ६ करोड रुपैयाँ जोखिममा

काठमाडौं, वैशाख १ : नेपाली सेनाको ६ करोड २७ लाख रकम जोखिममा परेको छ।  सेनाको कल्याणकारी कोष अन्तर्गतको उक्त रकम असुल हुन नसक्दा जोखिममा परेक....

नेपाली सेनाको सवा ६ करोड रुपैयाँ जोखिममा
फाइल फोटो

काठमाडौं, वैशाख १ : नेपाली सेनाको ६ करोड २७ लाख रकम जोखिममा परेको छ।  सेनाको कल्याणकारी कोष अन्तर्गतको उक्त रकम असुल हुन नसक्दा जोखिममा परेको हो।

महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदन अनुसार एक विकास बैंक र तीन वित्तीय संस्थाबाट २०७५ असार मसान्तसम्म प्राप्त हुनुपर्ने मुद्दती एवं बचत खाताको साँवा ५ करोड ३ लाख र ब्याज १ करोड २४ लाख गरी ६ करोड २७ लाख रुपैयाँ असुल हुन बाँकी छ।

जसमध्ये युनाइटेड विकास बैंकमा १ करोड ५७ लाख साँवा रकम, नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेडमा २ करोड ३३ लाख साँवा र ५१ लाख ब्याज,  सम्झना फाइनान्स लिमिटेडमा १ करोड साँवा र ६७ लाख ब्याज र हिमालय फाइनान्स लिमिटेडमा १३ लाख साँवा र ६ लाख ब्याज असुल गर्नुपर्ने देखिएको छ। 

‘कोषबाट प्राप्त विवरणअनुसार २०७५ असार मसान्तसम्म २८ वाणिज्य बैंक, २ विकास बैक र ५ वित्त कम्पनीमा २६ अर्ब ७८ करोड ४४ लाख र विदेशी मुद्रातर्फ विभिन्न बैंकमा ७ अर्ब २४ करोड ६ लाख मौज्दात र बाँकी ६ अर्ब ६२ करोड ७९ लाखमध्ये कल्याणकारी योजनामा ५ अर्ब ५२ करोड २४ लाख, सेयर डिवेन्चर र बचतपत्रमा १ अर्ब १० करोड ५५ लाख रुपैयाँ लगानी रहेको छ। कुल निक्षेपमध्ये एक विकास बैंक र तीन वित्तीय संस्थाबाट २०७५ असार मसान्तसम्म प्राप्त हुनुपर्ने मुद्दती एवं बचत खाताको साँवा ५ करोड ३ लाख र ब्याज १ करोड २४ लाखसमेत गरी ६ करोड २७ लाख रुपैयाँ असुल नभई जोखिममा रहेको छ,’प्रतिवेदनमा भनिएको छ।
 

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, वैशाख १, २०७६