यी हुन् बालुवाटार जग्गा प्रकरणमा अख्तियारले दोषी करार गरेका १ सय ७५ व्यक्ति
काठमाडौं, माघ २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा चार पूर

काठमाडौं, माघ २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा चार पूर्वमन्त्रीसहित १ सय ७५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
बुधबार विषेश अदालतमा दायर गरेको भ्रष्टचार मुद्दामा पूर्वमन्त्रीहरु, पूर्वसचिवहरु, पूर्व र वर्तमान कर्मचारीहरु, विभिन्न व्यापारी, जग्गा खरिद र विक्रीमा सहभागी विभिन्न व्यक्तिहरुमाथि कारवाही गर्न सिफारिस गरिएको छ। अख्तियारले कांग्रेस उपसभापति गच्छदार, तत्कालीन समयमा भूमिसुधारमन्त्री रहेका डम्बर श्रेष्ठ, पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी, अन्तरिम मन्त्रिपरिषद्मा भूमिसुधारमन्त्री बनेका पूर्वसचिव छविराज पन्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जग्गा हिनामिना प्रकरणमा अख्तियारले अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला शाह, पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाईविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। उनीहरुसहित जग्गा प्रकरणमा १७५ जनाविरुद्ध कारवाहीको माग गर्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारले कांग्रेस उपसभापति तथा पूर्वभौतिक योजना तथा निर्माणमन्त्री गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय श्रेष्ठ र पन्त तथा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातसँग जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ। यस्तै, पूर्व भूमिसुधारमन्त्री जोशी र पूर्वसचिव दिनेशहरिसँग जनही ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
उनका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग ११ करोड २० लाख, शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख ६८ हजार र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख ४० हजार माग दाबी गरिएको छ।
हेर्नुस् १ सय ७५ जनाविरूद्धको आरोपपत्र :










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
