ओमानसामु नेपाल पनि धरमरायो, ७८ रनमै ज्ञानेन्द्र, पारस, आरिफ, दीपेन्द्र र रोहित आउट (अपडेट)
काठमाडौं, माघ २२ : विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपाली टोली धरमराएको छ।
त्
काठमाडौं, माघ २२ : विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपाली टोली धरमराएको छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा एक सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ८२ रनमै पाँच विकेट गुमाएको छ। कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारश खड्का, आरिफ सेख, दीपेन्द्रसिंह ऐरी र रोहिककुमार पौडेल आउट भएका छन्।
अहिले शरद भेषवाकर र विनोद भण्डारी खेलिरहेका छन्। शरदले ५५ बल खेल्दै ३२ रन बनाएका छन् भने विनोद पाँच रनमा छन्।
ओमानका लागि जिसन मक्सूदले दुई विकेट लिएका छन्।
.............. .................... ...................
काठमाडौं, माघ २२ : विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले एक सय ९८ रनको चुनौति पाएको छ।
बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले नौ ओभरको क्षतिमा एक सय ९७ रन बनाएको हो। ओमानका लागि मोहम्मद नदीमले ६९, सन्दीप गौड ३३, नसिम खुसीले २८ र जिसम मक्सूदले २० रन बनाए।
नेपालका लागि सुसन भारीले डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गरे। उनले दश ओभरमा १४ रन खर्चेर तीन विकेट लिए। त्यस्तै, करण केसीले चार र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
केहीवेरमै नेपाल ब्याटिङ गर्नेछ।
.............. .................... ...................
काठमाडौं, माघ २२ : युवा क्रिकेटर सुसन भारीले डेब्यू खेलमै दुई विकेट लिएका छन्। उनको दुई विकेटसँगै ओमान दबाबमा परेको छ।
त्रिकोणात्मक श्रृंखलाअन्तर्गत बुधबार भइरहेको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २५ ओभरमा पाँच विकेट गुमाउँदै ६९ रन बनाएको छ।
ओमानलाई दबाबमा राख्न युवा बलर भारीले राम्रो प्रदर्शन गरेका छन्। उनले पाँच ओभरमा सात रन खर्चिँदै दुई विकेट लिएका छन्।
नेपालका लागि करण केसीले दुई विकेट लिएका छन् भने ओमानका एक खेलाडी रन आउट भएका छन्।
.............. .................... ...................
काठमाडौं, माघ २२ : घरेलु मैदानमा खेलिरहेको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले राम्रो सुरुआत गरेको छ। नेपाललाई करण केसीले सुरुआतमै दुई विकेट दिलाएका छन्।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार पहिलो खेलमा नेपालले टस जितेर ओमनलाई ब्याटिङको निम्तो दिएको छ। ओमानले राम्रो सुरुआत गरेको छैन। नौ ओभरमा दुई विकेट गुमाउँदै २३ रन बनाएको छ।
नेपालका लागि पाँच ओभरमा १४ रन दिँदै दुई विकेट लिएका छन्।
त्यस्तै, नेपालका युवा क्रिकेटर अविनास बोहरा र सुसन भारीले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका छन्।
लिग–२ मा त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिका आठ खेल खेल्नेछन्। एक सातासम्म चल्ने प्रतियोगितामा प्रत्येक टिमले चार खेल खेल्नेछन्।
याे पनि पढ्नुस् :
विश्वकपका लागि सुरू हुँदै नेपालको यात्रा










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
