नयाँ वर्षमा आन्तरिक पर्यटकले होटल भरिभराउ
काठमाडौं, वैशाख १ : नयाँ वर्षको अवसरमा पर्यटकीय गन्तव्य क्षेत्रका होटल भरिभराउ भएका छन् । एक साता अघिदेखि नै होटल भरिभराउँ भएको व्यवहासायीहरूले बताएका....

काठमाडौं, वैशाख १ : नयाँ वर्षको अवसरमा पर्यटकीय गन्तव्य क्षेत्रका होटल भरिभराउ भएका छन् । एक साता अघिदेखि नै होटल भरिभराउँ भएको व्यवहासायीहरूले बताएका छन्।
व्यवसायीका अनुसार, काठमाडौं, पोखरा, चितवन, मुस्ताङ, इलामलगायतका प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रका होटलमा आन्तरिक पर्यटकको घुइचो लागेको हो । विशेष गरेर सौराह, पोखरा, बर्दियालगायतका नजिकस्थानमा पर्यटक बढेका छन् । आन्तरिक पर्यटकले होटल भरिभराउ भएको नेपाल होटल महासंघ (हान)का महासचिव विनायक शाहले बताए।
नयाँ वर्षको अवसरमा एक सातादेखि नै होटल बुक भएको उनले बताए । ‘यति बेला पर्यटकीय क्षेत्रका होटलमा ६० प्रतिशत आन्तरिक पर्यटक छन्,’ महासचिव शाहले भने।
यस अघि ६० प्रतिशत वाह्य र ४० प्रतिशत आन्तरिक पर्यटक हुने गरेका थिए । यो वर्ष १० प्रतिशत बढेको महासंघले जनाएको छ।
चाडपर्वको अवसर पारेर घुमफिर गर्न थालिएको छ । अहिले विद्यालय बन्द रहेकाले पनि अभिभावक बालबालिकालाई लिएर घुम्न निस्कने गरेका छन्।
व्यवसायीहरूका अनुसार आन्तरिक पर्यटकले कोठाको मूल्यमा ‘बार्गेनिङ’ गर्ने भएपनि खानपिनमा भने वास्ता गर्दैनन् । मन लागेको खानेकुरा प्रशस्तै खाने गरेका छन् । वाह्य पर्यटक भने कोठा भाडामा केही नबोल्ने भएपनि खानामा कम खर्च गर्छन्।
सौराहमा त झन सफारीका लागि पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ चल्ने ३२ वटै जीप आन्तरिक र बाह्य पर्यटकले भरिदै आएका छन्।
चितवन र नवलपुर क्षेत्रमा मात्रै एक सय ५० पर्यटकीय होटल छन् । जहाँ होटलमा १५ अर्बभन्दा बढी लगानी गरिएको छ । अझै लगानी गर्ने क्रम बढेको हानका महासचिव शाहले बताए।












