Kathmandu Press

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा 

काठमाडौं, माघ १० : राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा द

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा 

काठमाडौं, माघ १० : राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन्।

प्याकुरेलले शुक्रबार विज्ञ सल्लाहकार पदबाट राजीनामा दिएका हुन्। प्याकुरेल दुई वर्षदेखि राष्ट्रपति भण्डारीको विज्ञ सल्लाहकारका रुपमा काम गर्दै आएका थिए। 

संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर शुक्रबारदेखि नै लागू हुने गरी विज्ञ सल्लाहकारबाट राजीनामा दिएको प्याकुरेलले उल्लेख गरेका छन्।

प्याकुरेलले अग्नी सापकोटाले द्वन्द्वका बेला हत्यामा संलग्न भएको दावी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। सरकारले सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि प्याकुरेलले राजिनामा गरेका हुन्। 

प्याकुरेलले कानूनका सामू सबैको समान हैसियत कायम गराउने नागरिकको आकंक्षाको पक्षमा योगदान गर्न राजीनामा दिएको बताएका छन्। यसअघि भण्डारी पहिलो कार्यकालमा पनि प्याकुरेलले झण्डै दुई वर्ष सल्लाहकारका रुपमा काम गरेका थिए।

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्