Kathmandu Press

अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ १०  : अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दा

अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ १०  : अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका  हुन्। अधिवक्ता त्रिपाठीले रिटमा पाँच वटा बुँदा उल्लेख गर्दै सापकोटालाई सभामुख नगराउन आदेशको माग गरेका छन्।

उनले रिटमा सभामुख चयनको प्रक्रिया तत्कालका लागि रोक्नु आदेश दिन र सापकोटालाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। रिटमा सापकोटालाई लामो समयसम्म पक्राउ नगरिएकाले प्रहरी अधिकृतलाई कारबाही गर्न र अनुसन्धान गर्न स्पेसल टास्कफोर्स गठन गर्न माग गरेका छन्।

उनको रिटलाई अदालतले पनि गम्भीरतापूर्वक लिएको देखिएको छ। यो रिटको सुनुवाइको पहिलो पेसी आइतबार नै तोकिएको छ। प्रतिनिधिसभाको सभामुख निर्वाचन माघ १२ गते हुँदैछ। यसका लागि माघ ७ गते उम्मेदवारी दर्ताको समय दिइएको थियो।

त्यसमा नेकपाका तर्फबाट सापकोटाको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध भएका छन्। यसको घोषणा माघ १२ गते प्रतिनिधिसभाको बैठकले गर्नेछ।तर, त्यसअघि नै उनीविरुद्ध रिट परेको हो। उनलाई द्वन्द्वको समयमा २०६२ मा काभ्रेका अर्जुन लामाको अपरहण गरी हत्या गरेको अभियाग लागेको छ।

उनको मुद्दा संवैधानिक अदालतले हेरिरहेको छ। उनीविरुद्धको मुद्दामा माघ २२ गते पेश तोकिएको छ।

 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, माघ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्