प्रधानमन्त्रीका पिताको खाता खोलेर अभियानको सुरुआत
काठमाडौं, वैशाख १ : नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु गरेका छन्।
प्रधान....
काठमाडौं, वैशाख १ : नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु गरेका छन्।
प्रधानमन्त्री ओलीले आज बिहान ‘सबै नेपालीको बैंक खाता’ अभियान सुरु भएको घोषणा गरेका छन् । उनले आफ्ना पिता मोहनप्रसाद ओलीको नाममा बैंक खाता खोलेर अभियान सुरुआत भएको घोषणा गरेका हुन्।
यो अभियानअन्तर्गत नयाँ खाता खोल्नेले सुरुआतमै खातामा एक सय रुपैयाँ पाउने छन्।
चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजना सुरुवात गरेका हुन्। यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्।
अभियानमा खाता नहुनेलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिएको छ । केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउन पाउने सहुलियत दिएको हो।
राष्ट्र बैंकका अनुसार, अहिले बैंक तथा वित्तीय संस्थामा दुई करोड ५६ लाख ५८ हजार तीन सय ८७ वटा खाता खुलेका छन् । एकै ब्यक्ति तथा संस्थाको दोहोरो पनि खाता खुलेका छन्।











