Kathmandu Press

एभरेस्ट पानोरमा रिसाेर्टमा अचेत भेटिएका आठै भारतीय नागरिकको मृत्यु (अपडेट)

काठमाडौं, माघ ७ : मकवानपुरको थाहा नगरपालिका—४ सिमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत

काठमाडौं, माघ ७ : मकवानपुरको थाहा नगरपालिका—४ सिमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका आठै जना भारतीय नागरिकको मृत्यु भएको छ। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति पानोरमा रिसोर्टमा दुई कोठा लिएर बसेका १५ जनामध्ये आठ जना मंगलबार बिहान अचेत भेटिएका थिए। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको थियो।

आठै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। पाँच जनाको उपचारका क्रममा मृत्यु भएको र तीन जनालाई अस्पताल पु¥याउने वितिक्कै  मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान पाँच जनालाई हेलिकप्टरबाट ल्याइएको थियो। उनीहरुलाई अस्पताल पु¥याएर बाँकी तीन जनालाई दोस्रो पटक अस्पताल ल्याइएको हो।

मृत्यु हुनेहरुमा चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ। अन्य चार जनामा दुई पुरुष र दुई महिला छन्। उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ।

चिसोका कारण उनीहरुले ग्यास हिटर बालेका थिए। त्यसैले निसास्सिएर अचेत भएको हुनसक्ने प्रहरीको अनुमान छ। १५ जनामध्ये आठ जना एउटा र सात जना अर्को कोठामा बसेका थिए। अर्को कोठाका सात जना भने सकुसल रहेको जनाएको छ।

 

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्