खराब माैसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान ठप्प
काठमाडौं, माघ ३ : लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय तथा आन

काठमाडौं, माघ ३ : लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान ठप्प भएका छन्। काठमाडौं बाहिरका केही विमानस्थलबाट पनि उडान हुन सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार बिहान केही उडान भएका थिए। त्यसपछि खराब मौषम र वर्षाका कारण सबै उडान तथा अवतरण बन्द भएको छ।
विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीले विमानस्थल पूर्ण रूपमा बन्द भएको बताए। ‘बिहान काठमाडौंबाट नेपालगञ्जको लागि बुद्ध एयर, यती एयर तथा श्रीएयरलाईन्सले उडान भरेका थिए,’ केसीले भने, ‘त्यसपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।’
त्यस्तै, आन्तरिक उडान बन्द रहेका छन्। नेपालगञ्जबाहेक अन्य विमानस्थ्लमा उडान तथा अवतरण हुन सकेको छैन।











