उठ्न नसकेको प्रतिष्ठित घरेलु लिग
काठमाडौं, माघ ३ : अहिले नेपाली फुटबलको सर्वाधिक प्रतिष्ठित घरेलु प्रतियोगिता शहीद स्मारक ए डिभिजन लि

काठमाडौं, माघ ३ : अहिले नेपाली फुटबलको सर्वाधिक प्रतिष्ठित घरेलु प्रतियोगिता शहीद स्मारक ए डिभिजन लिग चलिरहेको छ। प्रतियोगितामा एक टिमले कुल १३ खेल खेल्ने छ। जसमा छैटौं चरण समाप्त भएको छ।
यसको मतलब लिगले मध्यभाग पार गरेको छ। मध्यभाग पार गर्दासम्म लिगमा केवल खेल सम्पन्न भएका छन्। कुनै प्रकारको फुटबल स्वाद भने पाइएको छैन।
छैटौं चरणसम्मको खेललाई मान्ने हो भने उपाधि होडको हिसाबले रोमाञ्चक छ। आधा खेल हेर्दा लिगको उपाधि होडमा कडा टक्कर हुने पक्का छ। तर, रोमाञ्चक उपाधि होड हेर्ने दर्शक रंगशालामा छैनन्। लामो समय पछि दशरथ रंगशालामा फर्किएको लिगले नेपाली फुटबल समर्थकको मन जित्न भने सकेको छैन।
लिगलाई नजिकबाट हेरिरहेका पूर्वखेलाडी तथा राष्ट्रिय टिम समेत समालिसकेका प्रशिक्षक बालगोपाल महर्जन लामो समय लिग नहुनुको प्रभाव रंगशालामा देखिएको मान्छन्। उनी भन्छन्, ‘लामो समय लिग नहुनु एउटा समस्या भयो भने लिगमा दर्शकले अपेक्षा गरेअनुसारको प्रदर्शन हुन नसक्नु पनि अर्को कारण रह्यो।’
त्यसो त जारी लिगलाई व्यवसायिक र प्रतिष्ठित बनाउन पनि एन्फाले सकिरहेको छैन। अघिल्लो सिजन रेलिगेसनविहीन लिग गर्नु र यो पटक केवल एक टिमलाई रेलिगेसन जोनमा पार्नु र क्लबलाई बलियो बनाउने स्पष्ट आधारहरु तयार नहुनु पनि लिगमा चाम नहुनको अर्को कारण हो।
एन्फाले दर्शक बढाउने स्किम घोषणा गरेको छ। त्यसको प्रभाव न्यून छ। एन्फाको पुरस्कारलाई आधार मानेर मैदानमा पुग्ने दर्शकनै छैनन्। महर्जन भन्छन ‘क्लबहरु बलियो भएर आउनु प¥यो, व्यवसायिक रुपमा सबै क्लबले अब्बल टिम बनाएर आउने बातावरण एन्फाले बनाउनु पर्यो।’
लिगमा निरन्तर दिनमा दुई खेल भइरहेका छन्। विश्राम कम र गर्नका लागि गरिएको जस्तो लिग हुँदा क्रेज कम भएको स्वंय खेलाडीहरूकै बुझाई छ। प्रशिक्षकहरूको प्रि–म्याच कन्फ्रेन्समा सधै एकै किसिमको गुनासो हुन्छ, ‘लिगका लागि कम समयको तयारी हाम्रा लागि चुनौति बन्यो।’ त्यसैले राम्रो योजना बनाएर अघि नबढे आगामी दिनमा लिगको भविष्य थप अन्योलग्रस्त हुनेछ।
दर्शको न्यून उपस्थित
छैटौं चरणको प्रतिष्पर्धालाई मात्रै आधार मान्ने हो भने दशरथ रंगशालामा टिकट काटेर पुगेका समर्थकहरु निरास भए। प्रतिष्पर्धात्मक रुपमा कुनै पनि खेल हेर्नलायक रहेनन्। नतिजाको हिसाबले पनि सन्तोषजनक रहेन, छैटौं चरण।
यो चरणमा ६ खेलमा केवल पाँच गोलमात्र हुनु साँचिकै कम स्कोर हो। तीन खेल गोलरहित बराबरीमा सकिनु निरासाजनक मान्नुपर्छ। दुई खेलमा केवल १–० को स्कोरमा नतिजा निस्कियो।
आर्मी र संकटाबीचको खेलमा दुई गोल भएको थियो, जहाँ दुवै टिमले १–१ गोलको बराबरी खेले। जारी लिग गोलको औसतमा निकै कमजोर सावित हुँदै छ। ४२ खेल सकिँदा केवल ७५ गोल भएको छ, जुन औषत १.७८ मात्रै हो।
दबाबमा मच्छिन्द्र र त्रिभुवन
प्रतिष्पर्धालाई आधार मान्दा उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबलाई निकै ठूलो दबाब छ। पहिलो पटक उपाधि जित्ने अभियानमा रहका यि दुवै क्लब सातौं चरणमा थप परिस्कृत खेल पस्कने अपेक्षा गरिएको छ।
उपाधि होडमा रहेका दुई क्लबमध्ये आर्मीले बलियो मानिएको च्यासलबिरुद्ध सातौं चरणमा प्रतिष्पर्धा गर्दा अर्को दाबेदार मच्छिन्द्रले हिमालयन शेर्पाविरुद्ध खेल्नेछ ।
त्यसैले स्वभाविक रुपमा सातौं चरणको शीर्ष स्थानमा पुग्न छैटौं चरणका शीर्ष तीन टिम ‘गर या मर’का रुपमानै प्रतिष्पर्धाका लागि मैदान उत्रिनेछन्।
तुलनात्मक रुपमा जारी लिगमा जितविहीन रहेको शेर्पालाई हराएर आफुलाई बलियो अवस्थामा पु¥याउने मौका मच्छिन्द्रलाई छ। त्यसैले मच्छिन्द्र केहि आत्माविश्वासी बनेको छ।
थ्रीस्टार र मनाङलाई विरासतको चिन्ता
छैटौं चरणमा अप्रत्यासित रुपमा फ्रेन्डस क्लबसँग पराजित भएपछि थ्रीस्टारको उपाधि अभियानमा धक्का लाग्यो। त्यसैले पनि मनाङविरुद्धको सातौं चरणमा थ्रीस्टार उपाधि होडमा रहनका लागि तीन अंक जोड्नै पर्ने दबाबमा छ।
साविक च्याम्पियन मनाङका लागि थ्रीस्टारसँगको खेल उपाधि होडको प्रतिष्ठा मात्र होइन् यी दुई चिरप्रतिद्वन्द्वीलाई एक–अर्काविरुद्ध जित निकाल्नु जरुरी छ। त्यसैले यो खेललाई लिगको प्रतिक्षित खेलका रुपमा रहेको छ। तर, स्वभाविक रुपमा यो पटक दुवै टिममा स्टार खेलाडीहरु छैनन्। त्यसैले पुरानो विरासतजस्तो बलियो प्रतिष्पर्धाको आंकलन कमै गरिएको छ।











