सेता मच्छिन्द्रनाथको रथ जात्रा मनाइँदै (१३ तस्बीर)
काठमाडौं, वैशाख १ : सेतो मच्छिन्द्रनाथको रथ जात्रा सुरु भएको छ । चैत मसान्तका दिनदेखि सुरु भएको रथ जात्रा तीन दिनसम्म चल्ने गर्छ।
वर्षा र सह....
काठमाडौं, वैशाख १ : सेतो मच्छिन्द्रनाथको रथ जात्रा सुरु भएको छ । चैत मसान्तका दिनदेखि सुरु भएको रथ जात्रा तीन दिनसम्म चल्ने गर्छ।
वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुन्छ भन्ने जनविश्वास रहेको छ।
चैते दशैंका दिनदेखि सुरु हुने सेतो मच्छिन्द्रनाथको रथ जात्राको पहिलो दिन जमलको तीन धाराबाट तानेर असनसम्म लग्ने गरिन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ।
वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन रहेको स्थानीय बासिन्दा बताउँछन्।
त्यहि अनुसार, आज पनि सेतो मच्छिन्द्रनाथको रथ जात्रा यथावत रहेको छ । हजारौं भक्तजन जात्रामा सहभागी भएका छन्। रथ तान्न थालिएको छ।






