माछापुच्छ्रे पछ्याउँदै मार्दीको पदयात्रा (तस्बीरहरू)
मार्दी, पुस १६ : अन्नपूर्ण हिमश्रृंखलामै पर्ने मार्दी ट्रेक चर्चित गन्तव्य हो। यतिवेला स्वदेशी तथा व

मार्दी, पुस १६ : अन्नपूर्ण हिमश्रृंखलामै पर्ने मार्दी ट्रेक चर्चित गन्तव्य हो। यतिवेला स्वदेशी तथा विदेशी पदयात्रीका लागि सहज गन्तव्य पनि बनेको छ, मार्दी ट्रेक।
यो पदयात्रा छोटो पनि छ। तीन–चार दिनमा पूरा गरिने मार्दी ट्रेकमा विस्तार हिडेँ पनि पाँच–छ दिनमा पूरा गर्न सकिन्छ।
यो पदयात्रामा खानपिन र बासको राम्रो व्यवस्था छ।
यो पदयात्रामा हिड्दा घना जंगल, लालिगुराँसले मनै लोभ्याउँछ। करिब तीन हजार तीन सय मिटरसम्म हरिया वनजंगलसँग यात्रा गर्न पाइन्छ।
यो यात्राको हाइ क्याम्प तीन हजार पाँच सय ८० मिटरमा छ। त्यहाँबाट केहीवेर हिडेपछिमार्दी आधारशिविर पुगिन्छ। जहाँबाट सुन्दर हिमदृश्य आँखौ अगाडी देखिन्छन्।
मार्दी पदयात्राका केही दृश्य :
प्रकाशित मिति: ११:२४ बजे, बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
