आदित्यको प्रतिभा विज्ञानका लागि चुनौती : प्रधानमन्त्री ओली
काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन्।
आदित्य दाहालको प....

काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन्।
आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकको अंग्रेजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्त गर्न स्रोत अनिवार्य भएपनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको बताए।
‘ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ,’प्रधानमन्त्री ओलीले भन।,‘आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ। विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो।' प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकाले आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए।
प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरुलाई आदित्यसको स्रोत बिनाको ज्ञानबारे अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरे।











