प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ का अ....
काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७६ का अवसरमा आइतबार बिहान ७ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
‘प्रधानमन्त्रीज्यूले नयाँ वर्ष २०७६ सालको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने।
प्रकाशित मिति: १७:०७ बजे, शनिबार, चैत ३०, २०७५
थप समाचार






