पदकका हिसाबले सफल बन्यो १३ औं साग
काठमाडौं, मंसिर १९ : दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको ३५ वर्षे इतिहासमा १३ औं साग मे
काठमाडौं, मंसिर १९ : दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको ३५ वर्षे इतिहासमा १३ औं साग मेडलका हिसाबले सर्वाधिक सफल सागका रुपमा दर्ज भएको छ।
यसअघि सन् १९९९ मा नेपाले कुल ३१ स्वर्ण जितेर कीर्तिमान बनाएको थियो। उक्त कीर्तिमान घरेलु मैदानमै २० वर्षपछि तोडिएको छ। नेपालका लागि गौरिका सिंहले बिहीबार ३२ औं स्वर्ण जितेसँगै इतिहासमा मेडलका हिसाबले सर्वाधिक सफल सागका रुपमा यो प्रतियोगिता दर्ज भएको हो। नेपालले बिहीबार ७ स्वर्ण पदक जितिसकेको छ।
जारी १३ औं सागमा अहिलेसम्म कुल स्वर्ण संख्या ३६ पुगेको छ। साइक्लिङ्गको क्रस कन्ट्री रेसको पुरुष र महिला दुवैतर्फ नेपालले स्वर्ण जितेको थियो। लक्ष्मी मगर र बुद्धिबहादुर तामाङले साइक्लिङ्गमा बिहीबार स्वर्ण जिते।
उसुमा निमा घर्ती मगरको स्वर्णबाट यात्रा शुरु गरेको थियो। उसुमै नेपालका लागि जुनी राईले अर्को स्वर्ण आजको अन्तिम स्वर्णका रुपमा रह्यो।
यसबीचमा तेक्वान्दोमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जित्दा भारोत्तोलनमा सञ्जु चौधरीले स्वर्ण हात पारीन्। भारोत्तोलनमा यो सन् २००६ पछि पहिलो स्वर्ण हो।
यी हुन् सन् १९९९ मा नेपालका लागि स्वर्ण जित्ने खेलाडीहरु :
१. प्रकाश थापा मगर, बक्सिङ
२. रामचन्द्र थापा मगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ, करा“ते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, करा“ते
११. गंगाराम महर्जन (सिंगल काता), कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता (महिला), कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह (पौडी)
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो






