Kathmandu Press

संसारका ‘सबैभन्दा खतरायुक्त एयरलाइन्स’को सूचीमा तारा र नेपाल एयरलाइन्स

काठमाडौं, १८ मंसिर : संसारकै सबैभन्दा खतरायुक्त एयरलाइन्सको सूचीमा नेपालका तारा र नेपाल एयरलाइन

संसारका ‘सबैभन्दा खतरायुक्त एयरलाइन्स’को सूचीमा तारा र नेपाल एयरलाइन्स

काठमाडौं, १८ मंसिर : संसारकै सबैभन्दा खतरायुक्त एयरलाइन्सको सूचीमा नेपालका तारा र नेपाल एयरलाइन्स परेका छन्। यी दुवै एयरलाइन्स खतरायुक्त सूचीको एक र दुई नम्बरमा छन्।

संसारको चर्चित फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको रिपोर्टमा नेपालका तारा एयर र नेपाल एयरलाइन्स संसारभरका एयरलाइन्समध्ये खतरायुक्त रहेको उल्लेख गरेको छ। तारा निजी क्षेत्रको विमान कम्पनी हो भने नेपाल एयरलाइन्स नेपाल सरकारको स्वामित्व भएको कम्पनी हो।

सन् २०१९ मा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र तारा एयरका प्रमुख आङछिरिङ शेर्पाको मृत्यु भएको थियो। त्यसलाई पनि फोर्ब्सले रिपोर्टमा उल्लेख गरेको छ।

Hardik ivf

फोर्ब्सले संसारका खतरायुक्त एयरलाइन्सको सूची बनाएकाे हाे। यसमा नेपालका तारा एयर र नेपाल एयरलाइन्स सबैभन्दा खतरायुक्त देखाइएकाे छ। यसका लागि गत एक दशकमा भएका दुर्घटना,इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एसोसिएसनले दिने सेफ्टी अडिट प्रमाणपत्र र कालोसूचीलाई ध्यानमा राखिएको जनाएको छ।

यसमा एयर लाइन्सरेटिङ डट कमले गर्ने ‘सात तारा’ रेटिङलाई आधार मानिएको जनाएको छ। यसमा सबैभन्दा उत्कृष्ट एयरलाइन्सलाई सात तारा दिइएको छ।

फोर्ब्सको अध्ययनमा नेपालको तारा एयरले रेटिङमा एक तारा मात्रै पाएको छ। त्यस्तै, नेपाल एयरलाइन्सले दुई तारामा मात्रै पाएको उल्लेख छ।

त्यस्तै, खतरायुक्त एयरलाइन्सको सूचीमा अफगानिस्तानको एरियान अफ्गान एयरलाइन्स तेस्रो, दक्षिण अमेरिकन मुलुक सरिनेमको ब्लुइङ एयरलाइन्स चौथो र अफगानिस्तानकै काम एयर पाँचौ नम्बरमा रहेका छन्।

यसैगरी इन्डोनेसियाको ट्रिगान एयरलाई छैटाैं र काजकिस्तानको एससीएटी एयरलाइन्सलाई सातौं नम्बरमा राखेको छ।

युरोपेली युनियनले सन् २०१३ देखि नेपाललाई कालोसूचीमा राखेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले युरोपियन युनियनले तोकेको मापदण्ड पूरा गरेको र छिट्टै कालोसूचीवाट हट्ने बताउँदै आएको छ।

फोर्ब्सको यो सूचीले झन् समस्या ल्याउने क्यानका अधिकारीहरु बताउँछन्। उनीहरुका अनुसार, युरोपियन युनियनको कालोसूचीबाट हटाउन अब मुस्किल हुनेछ।

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्