साइक्लिङमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण
काठमाडौं, मंसिर १३ : १३औं दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत साइक्लिङमा नेपालले दुई स्व

काठमाडौं, मंसिर १३ : १३औं दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ।
बुधबार गोकर्णस्थित शहीद पार्कमा भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन्।
त्यस्तै सोही स्पर्धामा नेपालले दुई रजत पदक पनि जितेकाे छ। पुरुषतर्फ नेपालका निरभ श्रेष्ठ र महिलातर्फ नेपालकी जमुना थापाले रजत पदक जितेका हुन्।
दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो।
प्रकाशित मिति: १३:१५ बजे, बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
