Kathmandu Press

१३ औं साग : २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

काठमाडौं, मंसिर १७  : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेस्रो दिन पनि शीर

१३ औं साग : २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

काठमाडौं, मंसिर १७  : नेपाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेस्रो दिन पनि शीर्ष स्थान कायम राख्न सफल भयो। 

आयोजक नेपालले मंगलबार ७ स्वर्ण थप्दै स्वर्ण संख्या २३ पुर्‍यायो। त्यस्तै, भारत १२ स्वर्णसहित दोस्रो स्थानमा रहँदा श्रीलंका र पाकिस्तानको समान ५–५ स्वर्ण रहेको छ। बंगलादेश ४ र माल्दिम्भसको १–१ स्वर्ण रहेको छ। भुटानले स्वर्णमा खाता खोल्न सकेको छैन।

सागको दोस्रो दिन सोमबार १५ वटा स्वर्ण पदक जित्दै ऐतिहासिक उपलब्धि निकालेको नेपालले तीन रजत र ६ कास्य जितेको थियो। मंगलबार भएका स्पर्धामा नेपालले उसुतर्फ दुई स्वर्ण जित्दा कराँते र तेक्वान्दोमा निरन्तरता दियो। करातेमा भएका ६ मध्ये नेपाले दुई इभेन्टमा स्वर्ण जित्यो।

त्यस्तै, तेक्वान्दोका चारमध्ये दुई इभेन्टमा स्वर्ण जित्न नेपाल सफल भयो। ट्राइयाथलनमा हिमाल टमाटाले स्वर्ण पदक आफ्नो नाममा पारे। कराँतेमा नेपालका नवीन रसाइलीले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जित्न सफल भए। त्यस्तै, सुनिता महर्जनले पनि स्वर्ण जित्दै कराँतेतर्फ ९ स्वर्ण नेपालले हात पार्न सफल रह्यो। 

त्यस्तै, तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महराले स्वर्ण जित्दा तेक्वान्दोको स्वर्ण संख्या ९ पुग्यो। यसअघि कराँते र तेक्वान्दो दुवैतर्पm सोमबार समान ७–७ स्वर्ण रहेको थियो।

त्यस्तै, उसुमा दुई वटा स्वर्ण जित्न नेपाल सफल भयो। उसुतर्फ विजय सिन्जाली र अस्मिता तामाङले स्वर्ण जिते। ट्राइयाथलनमा हिमाल टमटाले स्वर्ण जित्दा एथ्लेटिक्समा महिलातर्पm सन्तोषी श्रेष्ठले ऐतिहासिक स्वर्ण जितिन्।
 

प्रकाशित मिति: २१:५६ बजे, मंगलबार, मंसिर १७, २०७६