Kathmandu Press

बागलुङमा जीप दुर्घटना हुँदा १४ यात्रुको मृत्यु

बागलुङ, मंसिर १७ : बागलुङको बडिगाड गाउँपालिकास्थित कोप्चेमा जीप दुर्घटना भएको छ। दुर्घटनामा १४ जनाको

बागलुङमा जीप दुर्घटना हुँदा १४ यात्रुको मृत्यु

बागलुङ, मंसिर १७ : बागलुङको बडिगाड गाउँपालिकास्थित कोप्चेमा जीप दुर्घटना भएको छ। दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज भट्टले काठमाडौं प्रेसलाई बताए।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको उनले बताए।

अन्य तीन जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि बुर्तिवाङ पठाइएको छ। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, मंसिर १७, २०७६