Kathmandu Press

दाङमा पनि मतगणना सुरू, नेकपाको अग्रता (अपडेट)

विमलाकुमारी खत्री र केशवराज शर्मा।

विमलाकुमारी खत्री र केशवराज शर्मा।

दाङ, मंसिर १५ : प्रदेश सभा सदस्यका लागि दाङ–३ ‘ख’मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। प्रारम्भीक गणनामा नेकपाकी विमलाकुमारी खत्रीले अग्रता लिएकी छन्।

आइतबार बिहान ११ बजेसम्मको मत परिणामअनुसार, नेकपाकी विमाले ८४० मत लिएकी छन्। त्यस्तै, नेपाली कांग्रेसका केशवराज शर्माले २६३ मत पाएका छन्।

राप्रपाका भुपाल रावतले ५, राप्रपा (संयुक्त)का छोटीलाल थारुले ३, नेकपा (माले)का हरिप्रसाद डाँगीले एक, नेमकिपाका सुरेश परियारले एक मत पाएका छन्।

नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्री र साझा पार्टीका शिवकुमार चौधरीले एक मत पनि पाएका छैनन्। मत गणना जारी रहेको छ।

दाङ–३ ‘ख’मा ४५ हजार सात सय १८ मत खसेको छ। यहाँ ६८ हजार सात सय १९ मतदाता रहेका छन्।

प्रकाशित मिति: ११:२२ बजे, आइतबार, मंसिर १५, २०७६