कास्कीमा विद्याको अग्रता कायमै (अपडेट)
पोखरा, मंसिर १५ : प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्
पोखरा, मंसिर १५ : प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता कायमै राखेकी छन्।
आइतबार बिहान साढे १० बजेसम्मको मत गणना परिणाम अनुसार, विद्याले ६ हजार सात सय ९९ मत पाएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले तीन हजार ९५ मत पाएका छन्।
यसैगरि, राप्रपाले १३७, समाजवादी पार्टीले १०९, साझा पार्टीले ६२ र नेपाल कम्युनिष्ट पार्टी (माले)ले ११ मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को १०, नेपाली कांग्रेस (बीपी) ९, विवेकशीलले ८, मंगोल नेशनल अर्गनाइजेसनले ६, राष्ट्रिय जनमुक्ति पार्टी र देशभक्त समाजले एकएक मत पाएका छन्।
कास्की–२ मा ४५ हजार पाँच सय ५३ मत खसेका छन्। यहाँ ७१ हजार आठ सय ७१ मतदाता रहेका थिए।






