Kathmandu Press

६० प्रतिशतभन्दा बढी मत खस्यो, राति ११ बजेदेखि मतगणना सुरू हुने

काठमाडौं, मंसिर १४ : निर्वाचन आयोगले  संघ, प्रदेश र स्थानीय निकायमा गरी ५२ पदका लागि भएको उपनिर

६० प्रतिशतभन्दा बढी मत खस्यो, राति ११ बजेदेखि मतगणना सुरू हुने

काठमाडौं, मंसिर १४ : निर्वाचन आयोगले  संघ, प्रदेश र स्थानीय निकायमा गरी ५२ पदका लागि भएको उपनिर्वाचन सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। 

शनिबार साँझ पत्रकार सम्मेलन गरी आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले उपनिर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।निर्वाचन आयोगका अनुसार संघीय संसद सदस्यका लागि भएको कास्की क्षेत्र नम्वर २ मा ५६ प्रतिशत मत खसेको छ।

त्यस्तै, प्रदेशसभातर्फ भक्तपुरमा ७० प्रतिशत, बाग्लुङमा ६१ प्रतिशत र दाङमा ६७ प्रतिशत मत खसेको छ। यद्यपी निर्वाचन आयोगले कम्तिमा पनि ७० प्रतिशत मत खस्ने अनुमान गरेको थियो।

‘हामीले ७० प्रतिशत मत खस्ने अनुमान गरेका थियौं,’ थपलियाले भने, ‘यद्यपी सबै क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मत खस्नु उत्साहजनक हो ।’ 

उपनिर्वाचनमा ४ लाख ४४ हजार १ सय १४ मतदाता थिए । त्यसमध्ये २ लाख ५ हजार ७ सय १ मत खसेको छ। निर्वाचन आयोगले सबै क्षेत्रको मतपेटिका राति ११ बजेसम्म सदरमुकाम आइपुग्ने र त्यस लगत्तै मतगणना सुरू गर्न निर्देशन दिएको जनाएको छ। 

रोल्पाको थवाङमा १६ प्रतिशतमात्रै

रोल्पाको थवाङमा भएको वडाको निर्वाचनमा १६ प्रतिशत मात्रै मत खसेको छ। त्यहाँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मतदान बहिष्कार गरेपछि कम मत खसेको हो।

प्रकाशित मिति: १८:४९ बजे, शनिबार, मंसिर १४, २०७६