Kathmandu Press

संघ, प्रदेश र स्थानीय तहका ५२ पदका लागि मतदान जारी

काठमाडौं, मंसिर १४ : संघ, प्रदेश र स्थानीय तहका रिक्त ५२ पदका लागि मतदान जारी छ। शनिबार बिहान ७

संघ, प्रदेश र स्थानीय तहका ५२ पदका लागि मतदान जारी

काठमाडौं, मंसिर १४ : संघ, प्रदेश र स्थानीय तहका रिक्त ५२ पदका लागि मतदान जारी छ। शनिबार बिहान ७ बजेबाट मतदान हुने क्षेत्रका सबै मतदान केन्द्रमा मतदान जारी छ। मतदान बेलुका ५ बजेसम्म जारी रहने छ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ रिक्त स्थानका लागि मतदान भइरहेको हो। प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्वर २ मा उपचुनाव हुँदैछ। तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि उक्त स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख) र दाङ ३(ख) मा पनि उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ । यि विभिन्न पदका लागि प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित मिति: ०७:५७ बजे, शनिबार, मंसिर १४, २०७६