प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा
काठमाडौं, मंसिर १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान
काठमाडौं, मंसिर १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेकी छन्।
बिहिवारसाँझ राष्ट्रपति भण्डारी महाराजगञ्जस्थित सेन्टर पुगेर प्रधानमन्त्रीसँग भेट गरेकी हुन्। उनले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गरेर जानकारी दिए । भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्यमा भइहरेको सुधारप्रति खुसी व्यक्त गर्दै स्वास्थलाभको शुभकामना गरेकी छन्।
प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । बुधबार सघन उपचार कक्षमा सारिएका उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताउदै आएका छन्।






