Kathmandu Press

मनमोहन कार्डियोथोरासिकमै प्रधानमन्त्री ओलीको दुई पटक मिर्गौलाको डायलासिस

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार र बुधबार लगातार दुई पटक मिर्गौलाको डायला

मनमोहन कार्डियोथोरासिकमै प्रधानमन्त्री ओलीको दुई पटक मिर्गौलाको डायलासिस

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार र बुधबार लगातार दुई पटक मिर्गौलाको डायलासिस गरिएको छ।

एपेन्डिसाइटिसको शल्यक्रियाका लागि मंगलबार महराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा भर्ना भएका ओलीको उपचार प्रक्रिया जारी रहेका बेला मंगलबार राती र बुधबारसाँझ मिर्गौलाले काम नगरेपछि डायलासिस गरिएको हो। १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छाडेपछि यसअघि  धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा डायलासिस गर्दै आएका थिए। 

चिकित्सकहरुका अनुसार शल्यक्रिया गर्दा शरिरमा पानीको मात्रा बढेपछि नियमिति डायलासिस गर्नुपरेको हो । प्रधानमन्त्री ओलीलाई अझै दुई चार दिन आईसियुमै राखेर उपचार गनुपर्ने हुन्छ । त्यसपछि पनि एक हप्ताभन्दा लामो समय अस्पताल बस्नु पर्ने चिकित्सकहरुले बताएका छन्। 

प्रकाशित मिति: २१:४५ बजे, बुधबार, मंसिर ११, २०७६