प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, अस्पताल बसाइ लम्बिने
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख छ। मनमोहोन कार्डियोथेरासिक
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख छ। मनमोहोन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकुमार श्रेष्ठले बुधबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको बताएका छन्।
प्रधानमन्त्रीको उपचारम संलग्न सेन्टरका एक चिकित्सकका अनुसार मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर पेटमा फैलिएको थियो। सामान्यतया: एपेन्डिसाइटिसको शल्यक्रिया नफुटेको अवस्थामा सामान्य हो।
पछिल्लो आधुनिक प्रविधि अनुसार दुरविनबाट हेरेर एपेन्डिसाइटिसको शल्यक्रिया गरिन्छ। तर प्रधानमन्त्रीको एपेन्डिसाइटिस फुटेकाले उनको शल्यक्रिया परम्परागत प्रविधि अनुसार पेट चिरेर गरिएको हो।
‘सामान्यत: यस्तो शल्यक्रिया सामान्य हो, तर प्रधानमन्त्रीज्यूको एपेन्डिसाइटिस फुटेर पेटमा फैलिएकाले पेट चिरेर शल्यक्रिया गरिएको हो’ ति चिकित्सकले काठमाडौं प्रेससँग भने, ‘अहिले उहाँको संक्रमण एन्टिवायटिक दिएर घटाइएको छ जसका कारण पनि अस्पतालमा विषेश निगरानी आवश्यक हुने भएकाले यस पटक कम्तिमा पनि १० दिन अस्पताल बस्नुपर्ने हुनसक्छ।’
प्रधानमन्त्रीको शल्यक्रिया गरेकाले शरीरमा पानीको मात्रा बढेकाले मिर्गौलाको डायलासिस पनि गर्नुपर्ने भएको छ। ति चिकित्सकका अनुसार आज राति वा बिहीबार बिहान डायलासिस पनि गर्ने तयारी छ।






