शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर
काठमाडौं, मंसिर १० : एपेन्डिसाटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्
काठमाडौं, मंसिर १० : एपेन्डिसाटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
पेट दुख्न थालेपछि प्रधानमन्त्री ओलीलाई आज बिहान त्रिवि शिक्षण अस्पताल, महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। उनको सेन्टरमै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तम कृष्ण श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका छन्। विज्ञप्तिमा विज्ञ चिकित्सक सम्मिलित टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गरेको जनाएको छ।
शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, हाल सम्मानीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ।’
याे पनि पढ्नुस् : प्रधानमन्त्रीको एपेन्डिसाइटिसकाे शल्यक्रिया सम्पन्न






