Kathmandu Press

प्रधानमन्त्री ओली सत्ताको डरमा सिमा विवादमा भारतसँग लत्रिए : डा. भट्टराई

काठमाडौं, मंसिर ८ : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अ

प्रधानमन्त्री ओली सत्ताको डरमा सिमा विवादमा भारतसँग लत्रिए : डा. भट्टराई

काठमाडौं, मंसिर ८ : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको डरमा लत्रिने गरेको बताएका छन्। 

कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा सम्वोधन गदैै भट्टराईले प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी भएको बताएका हुन् ।

‘अहिले कालापानी र लिपुलेकको विषय उठिरहेको छ। यहाँका शासक बाहिर राष्ट्रियताको डंका पिट्ने र भित्रभित्र विदेशी शक्तिसँग झुकेर आफ्नो भूमि सुम्पने काम गरेका छन्, चाहे राजा महेन्द्र हुन्, चाहे अहिलेका केपी ओलीसम्म हुन्’ उनले भने, ‘त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले यो विषयमा किन केही गरिरहनुभएको छैन ?’

भट्टराईले सिमा मिचिएको समस्या समाधान गर्न कुनै राजनीतिक पहल नगर्नुले प्रधानमन्त्रीप्रति गम्भीर आशंका उव्जिएको पनि बताए । ‘अहिलेसम्म कुनै राजनीतिक पहल गर्नुभएको छैन । तर बाहिर देखाउनका लागि मैले भारतीय सेना फिर्ता लैजाऊ भन्दिएँ भनेर डंका पिट्नु भयो’ भट्टराईले भने। 

भदौ २३ गते प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूले राजनीतिक रुपमा बार्ता गरेर समस्या हल गर्न सुझाएको उनले सुनाए । राष्ट्रवादी भन्नुहुन्छ, अब सीमाको रक्षा कसरी गर्नुहुन्छ भनेर आफू प्रधानमन्त्रीलाई सोध्नुका साथै विकल्प पनि दिएको उनले बताए ।

आफ्नो भूमि रक्षा गर्न सेनाको प्रयोग गरेर विदेशी शक्तिलाई आफ्नो सीमाबाट हटाउने वा संवादबाट हल गर्ने दुई उपाय रहेको र आफूले दोस्रो विकल्पमा जान सुझाइको भट्टराईले सुनाए । ‘कर्मचारी तहबाट यो समस्याको हल हुँदैन । सिधै प्रधानमन्त्री मोदीसँग वार्ता गर्नुस् र राज्यस्तरको वार्ता अगाडि बढाउनुस् हाम्रो साथ रहन्छ सुरुमै मैले विषय राखेको थिएँ । आजसम्म किन केही गरिएको छैन,’ भट्टराईले भने ।

भट्टराईले बाहिर राष्ट्रवादको डंका पिट्ने र भित्रभित्र सत्ताको डरले लत्रक्क परेर बस्ने नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न पनि गरेका थिए।
 

प्रकाशित मिति: १९:१६ बजे, आइतबार, मंसिर ८, २०७६