Kathmandu Press

नेकपा बैठकमा प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद हेरफेर गर्ने कुरो पनि छ’

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा पार्टीभित्र औ

नेकपा बैठकमा प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद हेरफेर गर्ने कुरो पनि छ’

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा पार्टीभित्र औपचारिक छलफल गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुर्नगठनका विषयमा जानकारी गराएका छन्। ‘मन्त्रिपरिषद हेरफेरबारे सचिवालयका साथिहरुले सोध्नु भएको थियो। प्रधानमन्त्रीले त्यस्तो कुरो पनि छ भन्नु भएको हो’ नेकपा महासचिव विष्णु पौडेलले काठमाडौं प्रेससँग भने । उनले मन्त्रिपरिषद कहिले हेरफेर हुने र को को परिवर्तन हुने भन्ने विषयमा कुनै छलफल नभएको बताए।

स्रोतका अनुसार प्रधानमन्त्रीले आफु एक÷दुई दिनभित्रै मन्त्रिपरिषद पुर्नगठन गर्ने तयारीमा रहेको संकेत गरेका थिए। त्यसपछि सचिवालय सदस्यहरुले वहालवाला मन्त्रीहरुको कार्यसम्पादन र नयाँ मन्त्रीकोको विज्ञता लगायतको मापदण्ड बनाएर हेरफेर गनुपर्ने सुझाव दिएका थिए। 
 

प्रकाशित मिति: १९:५४ बजे, आइतबार, मंसिर १, २०७६