ओली सरकारबाट जनता आजित भइसकेः लेखक
ओखलढुंगा, चैत ३० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले दुई तिहाई बहुमतको वर्तमान सरकारका काम कारबाहीबाट जनता आजित भइसकेको बताएका छन्।
....
ओखलढुंगा, चैत ३० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले दुई तिहाई बहुमतको वर्तमान सरकारका काम कारबाहीबाट जनता आजित भइसकेको बताएका छन्।
नेपाल प्रेस युनियन ओखलढुंगाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता लेखकले सरकारप्रति जनतामा ठूलो नैरास्यता छाएको बताएका हुन्। उनले वर्तनमा सरकार पूर्णरुपमा असफल भइसकेको दाबी पनि गरे।
महालेखाको प्रतिवेदनले अघिल्लो वर्षको तुलनाम बेरुजु बढेको र खर्चमा अनियमितता भएको देखाएको भन्दै उनले सरकार आर्थिक अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको पुष्टि गरेको बताए। उनले विकासका नाममा तल्लो तहसम्म नै भ्रष्टाचार मौलाएको बताए। उनले उपभोक्ता समितिमार्फत स्थानीय तहमा काम गर्न लगाएर सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाए।
विश्वबाट हराइसकेको कम्युनिष्ट विचार नेपालबाट पनि हराउँदै जाने दाबी उनले गरे। उनले विकास र समृद्धिको नारा दिएर जनतालाई कम्युनिष्टहरुले भ्रम छरिरहेकाले सरकार आफ्नै कारणले ढल्ने बताए। ‘फर्सी कुहिए जस्तै यो सरकार पनि आफै ढल्छ। तर, सरकारसँगै जनताले बलिदान गरेर ल्याएको व्यवीथा पनि कम्युनिष्टका कारण जान्छ कि भन्ने हाम्रो चिन्ता छ,’ उनले भने।
उनले वर्तमान सरकारका कारण जनतामा छाएको राष्ट्रिय निराशालाई कांग्रेसले मात्र आशावादी बनाउन सक्ने बताए। उनले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरे।






