Kathmandu Press

ढकमक्क सयपत्री (फोटो फिचर)

काठमाडौं, कात्तिक १० : नागार्जुन नगरपालिकाको बतासे पोखरीस्थित सानु गिरी (४०)को बारीमा सयपत्री ढकमक्क

ढकमक्क सयपत्री (फोटो फिचर)
रिवाज राई

काठमाडौं, कात्तिक १० : नागार्जुन नगरपालिकाको बतासे पोखरीस्थित सानु गिरी (४०)को बारीमा सयपत्री ढकमक्क फुलेका छन्। उनलाई तिहारले भन्दा पनि सयपत्रीले खुशी ल्याएको छ।

नल्याओस पनि किन? डेढ दशकदेखि उनको दैनिकी फूलहरुसँगै जोडिएको छ। फूल खेती गर्दै आएकी उनले यसबाटै दैनिकी चलाएकी छन्।

यस वर्ष त सयपत्री झन फक्रिएको छ। गत वर्षभन्दा राम्रो उत्पादन भएको उनी बताउँछिन्। ‘अब त अरुले पनि सयपत्री लगाउन थालेका छन्,’ उनी भन्छिन्।

Hardik ivf

सयपत्रीको मूल्य एकनास हुँदैन। मागअनुसार, मूल्य बढ्ने गरेको उनले बताइन्। ‘पोहोरभन्दा यो पाली मूल्य बढी पाइएला,’ सानु भन्छिन्।

गत वर्ष उनले एउटा बाल्टिनजति फूल एक सय ३० रुपैयाँमा बिक्री गरेकी थिइन्। यो वर्ष पाँच रुपैयाँमा बिक्री हुने उनको विश्वास छ।

तिहारका लागि उनले सयपत्री टिप्न थालिसकेकी छन्।

सानु गिरीकाे सयपत्री बारीका केही तस्बीर :

 

प्रकाशित मिति: १०:४२ बजे, आइतबार, कात्तिक १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्