बम काण्डमा पूर्वमन्त्री एवं कांग्रेस नेता आलम पक्राउ
काठमाडौं, असोज २६ : बम काण्डमा पूर्वमन्त्री एवं कांग्रेस नेता माेहम्मद अफ्ताव आलम पक्राउ परेका छन्।<
काठमाडौं, असोज २६ : बम काण्डमा पूर्वमन्त्री एवं कांग्रेस नेता माेहम्मद अफ्ताव आलम पक्राउ परेका छन्।
उनलाई आज रौतहटको गौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनलाई २०६४ चैतमा भएको बम काण्डमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। बम काण्डमा घाइते भएका २३ जनालाई जीउदै जलाएकाे आराेप लागेकाे थियाे।
हत्या अभियोग लागेका पूर्वमन्त्री आलमलाई प्रहरी प्रधान कार्यालयले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिरहेको थियो।
सात वर्षअघि बम विस्फोटमा परी घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटले छानविन थालेपछि पूर्वमन्त्री आलम फरार रहेका थिए।
सर्वोच्च अदालतले रौतहट प्रहरीलाई अभियुक्त आलम पक्राउ नगर्नुको कारण सोधेको थियो। त्यसपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियाे।
उनी भारतमा बस्दै आएका थिए। दशैंको वेला घर आएको मौका छोपेर प्रहरीले पक्राउ गरेको जनाएको छ।
आलम प्रतिनिधिसभा सदस्य हुन। उनी रौतहट–२ बाट कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए।






