यसरी गरियो चिनियाँ राष्ट्रपति सीको स्वागत (फोटोफिचर)
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्।
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी शनिबार साँझ काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति सी भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए।
राष्ट्रपति सीलाई स्वागत गर्न समकक्षी विद्यादेवी भण्डारी विमानसम्मै पुगेकी थिइन्। राष्ट्रपति भण्डारीले स्वागत गरेपछि नेपाली सेनाको टुकुडीले राष्ट्रपति सीको सम्मानार्थ गार्ड अफ अनर प्रदान गरेको थियो।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्री तथा उच्चअधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिए।

राष्ट्रपति सीलाई पञ्चकन्याले फूलमालाले स्वागत गरेका थिए। दुई दिने नेपाल भ्रमणमा आएका राष्ट्रपति सी विमानस्थलबाट होटल सोल्टी पुगेका थिए।
राष्ट्रपति सीले शनिबारै साँझ समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सी आइतबार दिउँसो १ बजेल स्वदेश फर्किने कार्यक्रम छ।











