चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्।
न
काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्।
नेपालको दुई दिन राजकीय भ्रमणका लागि राष्ट्रपति सी शनिबार अपरान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। राष्ट्रपति सी भारत भ्रमण सकेर चेन्नईबाट सी एयर चाईना बोइङ ७४७–८९ एल जेट विमानमार्फत सिधैं काठमाडौं आएका हुन्।
सी सवार विमानले ४ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको थियो। नेपालको दुई दिन राजकीय भ्रमणका लागि राष्ट्रपति सी शनिबार अपरान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले उनी सवार विमान नजिकै पुगेर स्वागत गरेकी हुन्।
त्यसपछि विमानस्थलमै नेपाली सेनाको टुकुडीले राष्ट्रपति सीको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो। सेनाको गार्ड अफ अनर ग्रहणपछि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत मन्त्रीहरुले विमानस्थलमा स्वागत गरेका थिए।
विमानस्थलबाट चिनियाँ राष्ट्रपति सी सिधैँ सोल्टी होटलतर्फ प्रस्थान गरेका छन्। सोल्टी होटलमा केही समय आराम गरेपछि राष्ट्रपति सी समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्ने छन्। राष्ट्रपति भण्डारीसँगको भेटपटि सीले आजै साँझ प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ।
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने आइतबारमात्रै भेट्ने कार्यक्रम छ।






