महरालाई प्रहरीले थुनेर सर्वसाधारणसरह अनुसन्धान अघि बढाउने
काठमाडौं, असोज १४ : सभामुख पदबाट राजीनामा गरेका कृष्णबहादुर महरालाई सामान्य जनतासरह बलात्कार अभियोगम
काठमाडौं, असोज १४ : सभामुख पदबाट राजीनामा गरेका कृष्णबहादुर महरालाई सामान्य जनतासरह बलात्कार अभियोगमा पक्राउ गरी कारवाही अघि बढाइने भएको छ ।
सभामुखबाट राजीनामा दिए पनि उनले अब संसद्बाट पनि राजीनामा गर्ने छन्। राजीनामा नगरी अटेर गरेमा नेकपा संसदीय दलले हटाइदिन सक्ने छ।
नेकपा संसदीय दलका एक जना पदाधिकारीले नाम नलेख्न आग्रह गर्दै भने, ‘बलात्कारको अभियोगमा उहाँले पनि अब सामान्य जनतासरह कानूनी प्रक्रिया भोग्नुपर्ने छ।’ त्यसैले अब प्रहरीले हिरासतमा लिएर उनीमाथि छानबिन अघि बढाउने छ।
संसद् सचिवालयकी कर्मचारीले आइतबार राति ८ बजे मदिरा सेवन गरेर आएका महराले बलात्कार गरेको आरोप लगाएकी छन्। 'प्रहरीलाई खबर गर्छु' भनेपछि मात्रै महरा कोठाबाट निस्केको ति महिलाले बताएकी छन्। राति नै प्रहरीले उनको कोठामा पुगेर फोटो खिच्नुका साथै सोधपुछ गरेको थियो।
महराले उनको कोठामा गएको स्वीकारेका छन्। तर, उनले केही गलत नगरेको बताउँदै आएका छन्।
याे पनि पढ्नुस् :
बलात्कारकाे आराेप लागेपछि सभामुखद्वारा राजीनामा
सभामुख र सांसदबाट राजीनामा गर्न नेकपाको निर्देशन
सभामुखमाथिको आरोप छानविन हुनुपर्छ : गगन थापा






