इम्बोस्ड नम्बर प्लेटमा साढे ४ अर्ब रूपैयाँ डुब्ने खतरा
काठमाडौ, चैत २९ : इम्बोस्ड नम्बर प्लेट प्रिन्ट विनै नेपालले ४ अर्ब ५४ करोड रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ। पाँच वर्षभित्र २५ लाख सवारी....
काठमाडौ, चैत २९ : इम्बोस्ड नम्बर प्लेट प्रिन्ट विनै नेपालले ४ अर्ब ५४ करोड रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ। पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी भारतीय कम्पनीसँग सम्झौता गरिएको थियो।
तर, नेपालको संविधानमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजमा व्यवस्था गरेको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो। सर्वोच्चले नेपालीमा छपाई थाल्न र प्रक्रिया रोक्न आदेश समेत दिएको थियो। भारतीय कम्पनीसँग गरिएको सम्झौतामा भने अंग्रेजीमा छाप्ने उल्लेख छ।
सम्झौतामा पाँच वर्षभित्र काम गरेपनि नगरेपछि ४ अर्ब ५४ करोड रुपैयाँ व्यहोर्नु पर्ने उल्लेख गरिएको पाइएको छ। महालेखा परीक्षकको कार्यलयले शुक्रबार सार्वजनिक गरेको ५६ औं प्रतिवेदनमा उक्त दायित्वको विषयलाई समेत उठाएको छ। सम्झौता अनुसार नेपालले ४ अर्ब ५४ करोड दिनुपर्ने तर सर्वोच्चको फैसलाले नेपालीमा छाप्नु पर्ने विषय लम्बिँदै जाँदा पाँच वर्षभित्रको समयसीमा सकिने खतरा बढेको समेत प्रतिवेदनमा उल्लेख छ। सर्वोच्चको फैसला भन्दा अघि यातायात व्यवस्था विभागले ४ हजार ४ सय ३ वटा सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरेको थियो। जुन जम्मा संख्याको शून्य दशमलव ३२ प्रतिशत मात्रै हो।






