कांग्रेसको प्रशिक्षण प्रतिष्ठानमा आरजुसहित ३८ जना मनोनीत
काठमाडौं, चैत २९ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवासहित ३८ जना मनोनीत ....

काठमाडौं, चैत २९ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवासहित ३८ जना मनोनीत भएका छन्।
प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार पार्टी विधानको दफा ३६ को उपदफा (क) को खण्ड (३) अनुसार प्रतिष्ठानमा आरजुसहित ३८ जना सदस्य मनोनीत गरेका हुन्। विधानमा प्रतिष्ठान प्रमुखले बढीमा ५१ जना सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार उपसभापति निधिले पहिलो पटक ३८ जना सदस्य मनोनीत गरेका हुन्।
प्रतिष्ठानको सदस्यमा मनोनीत हुनेहरुमा ध्रुव वाग्ले, डिकबहादुर लिम्बु, मनोहरनारायाण श्रेष्ठ, तुलसीनारायाण श्रेष्ठ, सुभाष पोखरेल, रञ्जित कर्णलगायत छन्।
हेर्नुस् मनोनीत हुनेको सूचीः 











