नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एकको मृत्यु
काठमाडौं, साउन १७ : ललितपुरस्थित नख्खु जेलमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ।&nb
काठमाडौं, साउन १७ : ललितपुरस्थित नख्खु जेलमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ।
कैदी पवनकुमार महतोको कुटाइबाट गम्भीर घाइते भएका अर्का कैदी पूर्णबहादुर राजीको शुक्रबार अपरान्ह वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
नख्खु जेलका जेलर बेदप्रकाश अर्यालले मानसिक समस्यामा रहेका दुई कैदीबीच झगडा हुँदा एकको ज्यान गएको जानकारी दिए। उनका अनुसार दुवै कैदीबन्दी कर्तव्य ज्यान मुद्दामा जेल परेका हुन्।
आपसी झगडाका कारण कैदी राजी घाइते भएको अवस्थामा आफूहरुले भेटेको र तत्काल उपचारका लागि अस्पताल पठाइएको पनि नख्खु कारागारले जनाएको छ। जेलर अर्यालले घटनामा संलग्न कैदी महतोलाई महानगरीय प्रहरी परिसर, काठमाडाैंले नियन्त्रण लिएको पनि स्पष्ट पारे।
प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, साउन १७, २०७६
थप समाचार






