Kathmandu Press

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं, साउन १५ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा याेगेश भट्

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं, साउन १५ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा याेगेश भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन्।

बुधबार दिउँसो राष्ट्रपति निवास शितल निवास राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पर्यटन मन्त्री भट्टराईले पद तथा गोपनियताको सपथ लिएका हुन्।

सपथ गह्रण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।

नवनियुक्त मन्त्री भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। विद्यार्थी राजनीतिबाट आएका भट्टराई अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्।

गत फागुन १५ गते ताप्लेजुङमै भएकाे हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीकाे निधनपछि उक्त पद रिक्त थियाे।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, साउन १५, २०७६