Kathmandu Press

रुप फेर्दै दशरथ रंगशाला

काठमाडौं, साउन १३ : आठ हजारभन्दा बढी मान्छेको ज्यान लिने गरी पाँच वर्ष अघि आएको भूकम्पले क्षति पुर्&

रुप फेर्दै दशरथ रंगशाला
रिवाज राई

काठमाडौं, साउन १३ : आठ हजारभन्दा बढी मान्छेको ज्यान लिने गरी पाँच वर्ष अघि आएको भूकम्पले क्षति पुर्‍याएको दशरथ रंगशालाको स्वरुप फेरिन लागेको छ। रंगशाला पुनःनिर्माणको तीन चौथाईभन्दा बढी काम सकिएको छ।

शहीद दशरथ चन्दको नामबाट राखिएको रंगशाला २०७२ को भूकम्पमा क्षति पुगेको थियो। त्यसयता पुनःनिर्माणमा ढिलाइ हुँदै आएको थियो।

अहिले भने निर्माणको काम तीव्र गतिमा चलिरहेको छ। निर्माण कम्पनीका अनुसार, ८० प्रतिशत काम पूरा भएको छ।

रंगशालाको ट्रयाक निर्माण भएको छ। मैदानमा हरियो घास टम्म भएको छ। अहिले मिलाउने काम चलिरहेको छ।

त्यस्तै, रंगशालाको मनिटर तयार भएको छ। चारैतिरका बत्ती बल्न थालेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला देशकै ठूलो रंगशाला हो। यहाँ ३० हजार दर्शक अटाउ छन्।

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्