Kathmandu Press

संसद्मा कांग्रेस र राजपाका सांसदको नाराबाजी

काठमाडौं, साउन १३ : प्रतिनिधिसभाको आजको बैकठमा कांग्रेस र राजपाका सांसदहरुले संसदीय सर्वोच्चता कामय

https://www.youtube.com/watch?v=fxentVVcbKA

काठमाडौं, साउन १३ : प्रतिनिधिसभाको आजको बैकठमा कांग्रेस र राजपाका सांसदहरुले संसदीय सर्वोच्चता कामय गर भन्दै नाराबाजी गरिरहेका छन्।

बैठकको सुरुमै उभिएर विरोध जनाएका उनीहरु सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कार्यसुची अघि बढाएपछि सांसदहरुले रोष्टम अगाडि आएर नाराबाजी गरेका हुन्।

सांसदहरुले नाराबाजी गरेपछि अहिले संसद सचिवाललयबाट दिईने श्रव्यदृश्य सामाग्रीमा नारावाजीको अडियोलाई बन्द गरिएको छ। नाराबाजी जारी रहेको छ।

असार २५ गतेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न तीन घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्टमा नाराबाजी गरेका थिए। विरोधका बाबजुत सभामुखले कार्यसुची अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिएका थिए।

त्यसपछि अर्को बैठक असार ३० गते अपरान्ह १ बजेका लागि बैठक बोलाईएको थियो। संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ–आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर साउन ८ गतेलाई सारेको थियो।

साउन ८ गते भने बाढी पहिरोसम्बन्धी विशेष प्रस्ताव माथि छलफल भएको थियो।

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, साउन १३, २०७६