Kathmandu Press

बगैँचा बनाउन तरकारी बजारमा डोजर

ललितपुर, साउन १० : बगैँचा निर्माण गर्न ललितपुर महानगरपालिकाले जावलाखेलस्थित तरकारी बजारमा डोजर लगाइए

बगैँचा बनाउन तरकारी बजारमा डोजर
रिवाज राई

ललितपुर, साउन १० : बगैँचा निर्माण गर्न ललितपुर महानगरपालिकाले जावलाखेलस्थित तरकारी बजारमा डोजर लगाइएको छ।

आज दिउसो महानगरको टोलीले डोजर लगाएर ५० पसल हटाएको छ। सर्वोच्च अदालतको आदेशअनुसार, तरकारी बजार क्षेत्रमा रहेका पसल खाली गरिएको महानगरले जनाएको छ।

यस अघि स्थानीय बासिन्दाले खाली क्षेत्र हुनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए। यो क्षेत्रमा सरकारी जग्गा कब्जा गरेर २०५२ सालमा पसलहरू राखिएको थियो। यसमा तरकारी पसलसँगै कपडा, मासु, चिया तथा कोल्डस्टोरका पसलहरू रहेका थिए।

पसल हटाएको क्षेत्रमा बगैँचा बनाइने महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, साउन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्