Kathmandu Press

नेपाली युवक १२औं उच्च हिमाल ‘ब्रोड पिक’को चुचुरोमा

काठमाडौं, साउन १० : नेपाली युवक निर्मल पुर्जा मगरले संसारको १२औं उच्च हिमाल ‘ब्रोड पिक’क

नेपाली युवक १२औं उच्च हिमाल ‘ब्रोड पिक’को चुचुरोमा
निर्मल पुर्जाकाे ट्वीटरबाट

काठमाडौं, साउन १० : नेपाली युवक निर्मल पुर्जा मगरले संसारको १२औं उच्च हिमाल ‘ब्रोड पिक’को सफल आरोहण गरेका छन्।

उनले आज बिहान ८ः०५ बजे ब्रोड पिकको सफल आरोहण गरेको जनाएका छन्। निर्मलले ट्वीट गर्दै स्थानीय समय अनुसार, ८ः४५ बजे ब्रोड पिकको सफल आरोहण गरेको जानकारी दिएका छन्।

पाकिस्तानमा रहेको ब्रोड पिक संसारकै १२औं उच्च हिमाल हो। यसको उचाइ आठ हजार ४७ मिटर रहेको छ। उनीसँगै प्राजेक्ट पोसिबलको टिम चुचुरोमा पुगेको जनाएको छ।

उनी हिजो मात्रै पाकिस्तानकै केटु हिमालको चुचुरोमा पुगेका थिए। केटु सगरमाथापछि दोस्रो उच्च हिमाल हो। यसको उचाइ आठ हजार ६ सय ११ मिटर छ।

आज ब्रोड पिकको सफल आरोहण गरेसँगै उनले संसारका आठ हजार मिटर माथिका ११ हिमाल आरोहण गरेको जनाएका छन्। उनले सगरमाथालगायत नेपालका उच्च हिमाल आरोहण गरिसकेका छन्।

निर्मल म्याग्दीका बासिन्दा हुन्। उनी यस अघि ब्रिटीस आर्मीमा रहेका थिए। ब्रिटिस आर्मीबाट राजीनामा गरेर उनी ‘प्रोजेक्ट पोसिबल’मार्फत हिमाल आरोहणमा लागेका छन्।

प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, साउन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्