Kathmandu Press

काठमाडौंमा जग्गाको मूल्य प्रतिआना ३२ हजार देखि ३५ लाखसम्म, कहाँ कति तोकियो? (सूचीसहित)

काठमाडौं, साउन २ : सरकारले काठमाडौंको जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको छ। मालपोत कार्यालयले

काठमाडौंमा जग्गाको मूल्य प्रतिआना ३२ हजार देखि ३५ लाखसम्म, कहाँ कति तोकियो? (सूचीसहित)

काठमाडौं, साउन २ : सरकारले काठमाडौंको जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको छ। मालपोत कार्यालयले विगतको मूल्यमा ४० प्रतिशतसम्म वृद्धि गरेर नयाँ जग्गाको मूल्य निर्धारण गरेको हो। 

बुधबारदेखि लागू हुने गरी मालपोत कार्यालयहरुले सरकारी जग्गाको नयाँ मूल्य निर्धारण गरेका हुन्। काठमाडौं उपत्यकाका ६ वटा मालपोत कार्यालयले जग्गाको सरकारी निर्धारण मूल्यमा वृद्धि गरेका छन्।

मालपोत कार्यालयहरुले प्रतिआनाको ३२ हजार देखि ३५ लाख रुपैयाँसम्म मूल्य तोकेका छन्। देशभरका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँगको परामर्शमा जग्गाको सरकारी मूल्यांकन बढाएका हुन्। बुधबारदेखि लागू हुने गरी मालपोत कार्यालय कंलकीले बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएको जग्गाको मूल्यांकन १० लाख रुपैयाँले बढाएर प्रतिआना ३५ लाख रुपैयाँ पुर्‍याएको छ। 

त्यस्तैगरी, विष्णुमतिदेखि रविभवनसम्मको जग्गाको मूल्यांकन प्रतिआन ३३ लाख रुपैयाँ रहेको छ। कालिमाटी चोकदेखि बल्खुसम्मको जग्गाको मूल्यांकन पनि आनाको ३३ लाख रुपैयाँ तोकिएको छ। टेकु–कालीमाटीको मुल सडकको उत्तरतर्फ विष्णुमति पुल पछाडि प्रतिआना २१ लाख रुपैयाँ निर्धारण गरिएको छ भने वाफलदेखि स्युउचाटारतर्फ १८ लाख रुपैयाँ निर्धारण गरिएको छ। 

मालपोत कार्यालय साँखुले पनि जग्गाको मूल्यांकन बढाएको छ। साँखुमा सबैभन्दा बढी आनाको १७ लाख रुपैयाँ जग्गाको मूल्य कायम गरिएको छ। साँखु जाने मुल सडकको बाटोको मूल्य ११ लाख रुपैयाँ तोकिएको छ।

त्यस्तैगरी, सहायक सडकमा जोडिएको जग्गाको मूल्य  ८ लाख रुपैयाँ तोकिएको छ। नारायणस्थान पुलदेखि कार्तिकेसम्म ३ लाख रुपैयाँ तोकिएको छ। सुन्दरीजलतर्फ बाटो नभएको वडा नम्बर १ देखि ६ वडासम्मको मूल्य ३२ हजार रुपैयाँ तोकिएको छ। सुन्दरीजलमा मुल सकडको बाटोमा छोइएको जग्गाको मूल्य भने ८ लाख रुपैयाँ तोकिएको छ। 

कलं‌की क्षेत्रकाे जग्गाकाे मूल्य

साँखु क्षेत्रकाे जग्गाकाे मूल्य

 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, साउन २, २०७६