पाँच दिनदेखि खुल्ला आकाशकै बास
पर्सा, असार ३१ : एक सातादेखिको वर्षाले पूर्वि तराईको पर्सा, बारा, रौतहटलगायतका जिल्ला बाढी र डुवानका
पर्सा, असार ३१ : एक सातादेखिको वर्षाले पूर्वि तराईको पर्सा, बारा, रौतहटलगायतका जिल्ला बाढी र डुवानकाे चपेटामा परेका छन्। पर्साका सयौं गाउँ डुवानमा पर्दा जनजीवन प्रभावित भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, यहाँका १४ वटै स्थानीय तह डुवानमा परेका छन्। डुवानमा परेका कतिपय गाउँका बासिन्दा पाँच दिनदेखि खुला आकाशमै बसिरहेका छन्। उनीहरूले तत्काल आवश्यक सामग्री र राहत समेत नपाएको गुनासो गरेका छन्।
बाढी र डुवानले घरसँगै लुगाकपडा, अन्नपात क्षति भएकाे छ। दैनिक उपभोग्य सामान जुटाउन पनि सकस परेको उनीहरुले गुनासाे गरेका छन्।
त्यस्तै, पर्साका गाउँमा बाढी र डुवान अझै कम भएको छैन। खेतवारीको पानी घटेको छैन। अन्नवाली नष्ट भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, बाढी र डुवानमा परी पर्सामा दुई जनाको मृत्यु भएको छ। थुप्रै घाइते भएका छन्। भौतिक क्षतिको विवरण अझै आउन सकेको छैन।
आज वर्षा रोकिएको छ। घाम देखिन थालेपछि स्थानीय बासिन्दा खुशी त भएका छन तर, खाने र बस्ने व्यवस्था नहुँदा अप्ठ्यारोमा छन्। आकाशमा बादल घुमिरहेकाले फेरि बाढी र डुवान हुने त्रास स्थानीय बासिन्दामा यतावत छ।
बाढी र डुवानले प्रभावित पर्साका गाउँका केही दृश्य :