Kathmandu Press

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो (मृतकको नामावलीसहित)

काठमाडौं, असार २९ : अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो (मृतकको नामावलीसहित)

काठमाडौं, असार २९ : अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ। ज्यान गुमाउने ६० मध्ये ३६ जना पुरुष र २४ जना महिला रहेका छन्। 

बाढीपहिरोमा परी अहिलेसम्म २६ जना बेपत्ता र ३८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  प्रहरीका अनुसार अहिलेसम्म १४ सय ४४ जनाको उद्दार गरिएको छ।

बिहीबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी अहिलेसम्म सबैभन्दा बढी ललितपुर, भोजपुर र रौतहटमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार सिन्धुली, मकवानपुर र ओखलढुंगामा चार–चार जनाले ज्यान गुमाएका छन्। 

यस्तै,  काठमाडौं, खोटाङ र काभ्रेमा तीन–तीन जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी थापाले जानकारी दिए। 

यस्तै, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ, जाजरकोट र डोल्पामा दुई–दुई तथा पाँचथर, इलाम, सिरहा, रामेछाप, चितवन, पाल्पा र दाङमा गरी अहिलेसम्म ६० जनाको ज्यान गएको एसपी थापाले बताए।

बाढी तथा पहिरोबाट प्रभावित सबै स्थानमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

मृतक ६० मध्ये ४५ को सनाखत: हेर्नुस् नामावली

दमक नगरपालिका–१० का ६ वर्षीया एलिजा न्यौपाने
शिवसताक्षी नगरपालिका–५ का ९ वर्षीय सौगात चापागाइँ 
रामप्रसादराई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई 
रामप्रसादराई गाउँपालिका–५ का ३५ वर्षीय मनकुमारी राई
रामप्रसादराई गाउँपालिका–५ का १७ वर्षीय शिवकुमार राई 
रामप्रसाद राई गाउँपालिका–५ का १५ वर्षीय शक्तिकुमार राई
इलामको चुलातुली गाउँपालिका–१ का ५५ वर्षीय मानाहाङ 
ओखलुढुंगाको चिसंखुढी गाउँपालिका–४ का ८० वर्षीय पासाङपुटी शेर्पा 
ओखलढुंगाको शिद्वीचरण नगरपालिका–६ का ४० वर्षीया कानछीमाया श्रेष्ठ 
ओखलढुंगााको मोलुङ गाउँपालिका–७ का खपुटी शेर्पा
ओखलढुंगााको मोलुङ गाउँपालिका–७ का १२ वर्षीया याङजी शेर्पा
खोटाङको खोटाङ गाउँपालिका–२ का २७ वर्षीया रेखा राई
खोटाङको खोटाङ गाउँपालिका–२ का ४ वर्षीय रोमन राई 
खोटाङको खोटाङ गाउँपालिका–२ का ७ वर्षीय रोहन राई
भोजपुरको मकेलैयुङ गाउँपालिका–९ का १४ वर्षीय जनक विक
सिरहाको मृर्चौया नगरपालिका–४ का ११ वर्षीया रागनी कुमारी महतो 
रौतहटको गौर नगरपालिका–३ का ४० वर्षीय शिवमंगल राउत पटेल
पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल
बाराको परयानीपुर–२ का २ वर्षीय बिक्की यादव
बाराको कलैया उपमहानगरपालिका–१३ का १० वर्षीय अंजित शाह
रामेछापको रामेछाप नगरपालिका–६ का ७० वर्षीया पदमकुमारी सुनार
सिन्धुलीको फिक्कल गाउँपालिका–१ का ३५ वर्षीया हेमकुमारी सुनार
सिन्धुलीको दुधौली नगरपालिका–४ का ३ वर्षीय कार्वन कपारी 
सिन्धुलीको दुधौली नगरपालिका–१२ का ३० वर्षीया सुनिता पौडेल
सिन्धुलीको दुधौली नगरपालिका–१२ का १० वर्षीया सविता पौडेल
काभ्रे पलाञ्चोकको बनेपा नगरपालिका–३ का ६० वर्षीया गोमा दंगाल र ७ वर्षीय सुहाबी दंगोल 
काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका–११ का ६५ वर्षीया कृष्णदेबी रायमाझी 
काठमाडौंको मुलपानी बाबाचोकमा ३५ वर्षीया सर्मीला यादव, ३० वर्षीया नितु यादव र १२ वर्षीय कुन्दन यादव
ललितपुरको बाग्मती गाउँपालिका–२ का ११ वर्षीय सुरज जिम्बा, 
ललितपुरको बाग्मती गाउँपालिका–२७ का ४५ वर्षीया सिता रानामगर
ललितपुरको महाँकाल गाउँपालिका–१ का ३० वर्षीय अविरल गोले 
ललितपुरको कुन्ज्योसम गाउँपालिका–२ का १० वर्षीय सन्दिप लोल्हो
ललितपुरको कुन्ज्योसम गाउँपालिका–२ का ४५ वर्षीया सानुमाया लोल्हो
ललितपुरको कुसन्तीका ३९ वर्षीय सुवेश बस्नेत 
मकवानपुरको थाह नगरपालिका–३ का १४ वर्षीय सन्तमाया मलामी
मकवानपुरको कैलाश गाउँपालिका–१० का ५० वर्षीय सानुकान्छा सुनार
मकवानपुरको इन्द्रसरोवर–२ का १४ वर्षीया श्रृष्टि डिम्डुङ
धादिङको गजुरी गाउँपालिका–४ का ८ वर्षीया अस्मीता तामाङ
धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ का ४२ वर्षीय राजकुमार ठकुरी 
पाल्पाको तिनाउ गाउँपालिका–३ का ३१ वर्षीय धन बहादुर सुनार 
डोल्पाको मुड्केचुला गाउँपालिका–१ का ३८ वर्षीय धर्मराज बोहरा 
दाङको वंगलाचुली गाउँपालिका–८ का ८ वर्षीय भक्तसिंह बैजाली 
 

प्रकाशित मिति: १७:३० बजे, आइतबार, असार २९, २०७६